नवीनले कराँतेमा जिते स्वर्ण

68

छिनछिन खबर

काठमाडौं, १७ मंसिर । कराँतेको कुमुतेमा नेपालले अर्को स्वर्ण जितेको छ । ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका नवीन रसाइलीले नेपाललाई स्वर्ण दिलाएका हुन् ।

मंगलबार भएको फाइनल राउण्डमा उनले पाकिस्तानका अहमेद नासिसलाई ८–६ को स्कोरमा हराए ।


योसँगै १३ औं सागमा नेपालको स्वर्ण पदक संख्या १९ पुगेको छ ।

मंगलबार बिहान उसुको थाउलोमा २ र दुवाथोलनमा १ स्वर्ण हासिल गरेको हो । उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका हुन् ।त्यस्तै, पोखरामा भएको दुवाथोलनमा हिमाल टमाटाले स्वर्ण जितेका छन् ।

Womui
Womui