बागलुङको भीमगिठेमा जीप दुर्घटना : १४ जनाको मृत्यु

80

छिनछिन खबर

बागलुङ, १७ मंसिर । बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।

गुल्मीको इश्मा गाउँपालिकाबाट कूल पूजाका लागि गुल्मी जाँदै गर्दा कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जीप बागलुङको बडीगाड गाउँपालिका-७ स्थित सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको हो ।

दुर्घटनामा ९ महिला, ४ जना पुरुष र एक जना बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य ३ जना गम्भीर घाइते भएका छन् भने एक जना खोलाले बगाएर बेपत्ता भएको एसपी भट्टराईले जानकारी दिए । घाइतेलाई प्राथमिक उपचारका लागि उद्धार गरी बुर्तिबाङ लिइएको छ ।

जीपमा १८ जना सवार थिए ।

Womui
Womui