थबाङमा नेकपाका बुढा वडाध्यक्षमा विजयी

45

छिनछिन खबर
काठमाडौं–रोल्पाको थबाङ–१ मा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार जनक बहादुर बुढामगर विजयी भएका छन् । उनले १ सय ७४ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका कमल बहादुर रोकाले २६ मत ल्याए । ९ मत बदर भयो ।

शनिबार रोल्पाको थबाङमा भएको उपनिर्वाचनमा १६ प्रतिशत मत खसेको थियो । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश रमेश प्रसाद ज्ञवालीका अनुसार १ हजार २ सय ७४ मतदाता रहेकोमा २ सय ९ मत खस्यो । ११२ महिला र ९७ पुरुषले मतदान गरेका थिए । बाक्लो सुरक्षा घेराका बीचमा सम्पन्न निर्बाचन केन्द्रमा बिहानैदेखि नै मतदाता थिएनन् ।

Womui
Womui