महिला भलिबलमा श्रीलंकाविरुद्ध नेपालको ऐतिहासिक जित

113

छिनछिन खबर
काठमाडौं–महिला भलिबल टिम घरेलु भूमिमा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको दोस्रो सेमिफाइनलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल स्वर्ण नजिक पुगेको हो ।

श्रीलंकालाई हराएसँगै नेपालले ऐतिहासिक रजत पदक पाउने पक्का भएको छ । नेपालले अहिलेसम्म सागमा कास्य पदक मात्र जितेको छ । अब नेपालले स्वर्णको लागि भारतसँग खेल्नेछ । भारत पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३–० को सेटमा हराएर फाइनल पुगिसकेको छ ।

Womui
Womui