सकियो मतदान, कास्कीमा ६५ र कोहलपुरमा ८० प्रतिशत मत खस्यो

36

छिनछिन खबर
काठमाडौं–संघीय संसद्को सदस्यका लागि कास्की–२ मा भएको निर्वाचनमा ६५ प्रतिशत मत खसेको छ । कास्कीमा कुल मतदाता ७१ हजार ८७१ जना थिए । २०७४ मा ७० हजार ६५१ मतादाता थिए भने अहिलेको निर्वाचनमा ६५ प्रतिशत मत खसेको बताइएको छ ।

बाँकेको कोहलपुरमा स्थानीय तहका लागि भएको निर्वाचनमा ८० प्रतिशत मत खसेको छ । उता रोल्पाको थवाङमा भने १६.४ प्रतिशत मत खसेको छ । एकहजार ७४ जना मतदाता रहेकोमा जम्मा २०९ मत खसेको निर्वाचन आयागले जनाएको छ।

Womui
Womui