भारतको जिडिपी वृद्धिदर ६ वर्षयताकै न्यून, अब के गर्लान् मोदी ?

151

छिनछिन खबर
काठमाडौं– छिमेकी मुलुक भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर पछिल्लो ६ वर्षयताकै न्यून देखिएको छ । भारतको तथ्यांक तथा योजना कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको सन् २०१९ को दोश्रो त्रैमासिक विवरण अनुसार भारतको जिडिपी वृद्धिदर साढे ४ प्रतिशतमा खुम्चिएको छ ।

उत्पादन क्षेत्र र कारखानामा बन्ने सामानको उत्पादन घटेसँगै भारतीय अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान पनि कम देखिएको छ । भारतको औद्यागिक वृद्धिदर ६ दशमलव ७ प्रतिशतबाट घटेर ३ प्रतिशतमा पुगेको छ। त्यस्तै कृषि क्षेत्रको वृद्धिदर ४ दशमलव ९ प्रतिशतबाट घटेर २ दशमलव १ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ७ दशमलव ३ प्रतिशतबाट घटेर ६ दशमलव ८ प्रतिशतमा झरेको छ ।

यसअघि सन् २०१३ मा भारतको जिडिपीमा ४ दशमलव ३ प्रतिशतसम्मको गिरावट देखिएको थियो । पछिल्ला ६ वटा त्रैमासमा भारतको कुल गार्हस्थ्य उत्पादन निरन्तर आरालो लाग्ने क्रममा छ । सन् २०१८÷१९ को शुरुवातमा भारतको जिडिपी वृद्धिदर ८ प्रतिशत थियो । सोही वर्षको दोश्रो त्रैमासमा उक्त वृद्धिदर ७ प्रतिशत, तेश्रो त्रैमासमा ६ दशमलव ६ प्रतिशत र चौथो त्रैमासमा ५ दशमलव ८ प्रतिशत पुगेको थियो ।

जिडिपीमा ओरालो लाग्ने क्रमले चालु आर्थिक वर्ष २०१९÷२० मा पनि निरन्तरता पाएको हो । नरेन्द्र मोदीको नेतृत्वमा गठित सरकारले ५ वर्षमा ५ ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्र बनाउने लक्ष्य राखेको छ । जसका लागि भारतले हरेक वर्ष ८ प्रतिशतको वृद्धिदर हासिल गर्नुपर्ने हुन्छ । तर यो आर्थिक वर्षमा खस्कँदो क्रममा निरन्तरता पाएको जिडिपी वृद्धिदरले भारत सरकारको लक्ष्यमा पनि धक्का पुग्ने देखिएको छ ।

Womui
Womui