समाजवादी पार्टीले सरकार नछाड्ने

26

छिनछिन खबर
काठमाडौं– समाजवादी पार्टीले सरकार नछाड्ने भएको छ । उसले मन्त्रिमण्डल पुनर्गठनमा भने असहमति जनाएको छ । पदाधिकारी बैठकले संयुक्त सरकारको मुल्य मान्यता र संस्कृति विपरीत मन्त्रिमण्डल पुनर्गठन भएको ठहर गरेको छ ।

समाजवादी पार्टीले सरकारसँग भएको २ बुदें सहमति कार्यान्वयनबारे सरकार र नेकपासँग वार्ताका लागि समिति पनि गठन गरेको छ । वार्ता समितिमा समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र सह अध्यक्ष राजेन्द्र श्रेष्ठ रहेका छन् ।

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयबाट कानुनमा सारेका थिए भने स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई बर्खास्त गरेका थिए । मन्त्रिपरिषद् पुनर्गठन हुँदा यादव भारत भ्रमणमा थिए । उनलाई विदेश धेरै घुम्ने मन्त्रीको रुपमा लिइन्छ ।

Womui
Womui