वन तथा वातावरण संरक्षण बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा, सवा ५ करोड बढी आय/ब्यय प्रस्तुत

163

सम्शेरगन्ज, मंसिर ८-वन तथा वातावरण संरक्षण बहुउद्देश्यीय सहकारी संस्थाले सवा ५ करोडभन्दा बढीको आय/ब्यय प्रस्तुत गरेको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ मा रहेको उक्त संस्थाको शनिबार सम्पन्न भएको १४ औं वार्षिक साधारणसभामा प्रस्तुत गरिएको हो । साधार सभाको कार्यक्रमका प्रमुख अतिथी एवम् राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले उद्घाटन गरेकी थिईन् । साधारण सभामा संस्थाका अध्यक्ष खुमबहादुर बस्नेतले वार्षिक प्रगति विवरण तथा संस्थाका व्यवस्थापक चेतप्रकाश डाँगीले ५ करोड २८ लाख ९ हजार ९ सय ५ रुपैयाँ बराबरको आय/व्यय प्रस्तुत गरे ।

सो क्रममा सहकारीमा आवद्ध रहेका ३४ वटा सामुदायिक वन उपभोक्ता समुहलाई सम्मान गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए । सोही समारोहमा वन तथा वातावरण संरक्षण समन्वय समिति ओभरी, तराई भु–परिधि(ताल), भगवती जडिबुटी प्रशोधन उद्योग ओभरी, महादेवपुरी कचानापुर खानेपानी तथा सरसफाई समितिलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा संस्थापक शेयर सदस्य, हालसम्मका सञ्चालक समितिका सदस्य लगायतलाई मायाको चिनो प्रदान गरियो ।

कार्यक्रममा वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष तुलाराम खत्री, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य डिल्ली गिरी, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का वडासदस्य बिरभान खड्का, नैना खत्री, वडासदस्य सिता बि.क, साना किसान कृषी सहकारी संस्थाका उपाध्यक्ष झम्पा गौतम, सुरक्षाकर्मी, सामुदायिक वनका पदाधिकारी, सहकारीका शेयर सदस्य लगायतको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी खत्रीले सहकारीले रामो काम गर्दै आएको भन्दै प्रशंसा गरिन् । उनले आगामी दिनमा समेत शेयर सदस्यको हितमा काम गर्न आग्रह गरिन् । सहकारीलाई थप सशक्त रुपमा लैजानु पर्नेमा उनको जोड थियो ।

Womui
Womui