वैदेशिक रोजगारीमा जाने युवाको संख्यासँगै रेमिटेन्स घट्यो

95

छिनछिन खबर
काठमाडौं–वैदेशिक रोजगारीमा जानेहरुले संख्या घटेपछि रेमिटेन्स पनि घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विदेशमा रहेका नेपालीहरुले पठाउने रेमिटेन्स ४.९ प्रतिशतले घटेको छ ।

तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब ३० अर्ब २४ करोड रेमिटेन्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको यसै अवधिमा रेमिटेन्स आप्रवाह ३७.३ प्रतिशतले बढेको थियो । यस्तै अमेरिकी डलरमा प्राप्त हुने रेमिटेन्स आप्रवाह पनि ४.६ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २४.५ प्रतिशतले बढेको थियो ।

नेपालबाट अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३४.८ प्रतिशतले घटेको थियो । अघिल्लो वर्षको तुलनामा वैदेशिक रोजगारमा जानेहरुको संख्या थोरै मात्र घटेपनि रेमिटेन्स भने गत वर्षको भन्दा निकै बढी घटेको छ । त्यसैगरी पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ०.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.७ प्रतिशतले घटेको थियो ।

Womui
Womui