महिला सहकर्मीलाई दुव्र्यवहार गर्ने स्वास्थ्य अनुसन्धान परिषदका अधिकृत निलम्बित

182

छिनछिन खबर
काठमाडौं–मादक पदार्थ सेवन गरी महिला सहकर्मीमाथि दुव्र्यवहार गरेको आरोपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का तालिम अधिकृत विजयकुमार झा निलम्बनमा परेका छन् । मादक पदार्थ सेवन गरी झाले मंसिर १ गते कार्यलय परिसरमै दुव्र्यवहार गरेको भन्दै पीडित महिलाले परिषदका कार्यकारी अध्यक्ष डा. अञ्जनीकुमार झासमक्ष उजुरी गरेकी थिइन् ।

उजुरी परेपछि अध्यक्ष झाले बैठक बोलाएर विभागीय कारबाही गर्ने निर्णय गरेका हुन् । अधिकृत झालाई ४ मंसिरदेखि १७ मंसिरसम्म निलम्बन गरिएको छ । साथै, परिषदले उनको मंसिर र पुस दुई महिनाको तलब समेत रोक्का गर्ने निर्णय गरेको छ ।

निलम्बन पत्रमा भविष्यमा कार्यालय समयमा फेरि पदीय मर्यादा विपरित कार्य दोहोरिएको पाइएमा परिषद्को सेवाको लागि अयोग्य ठहरिने गरी बर्खास्त गरिने चेतावनी पनि दिइएको छ । पीडित कर्मचारीले कार्यालयमा भएको दुव्र्यवहारविरुद्ध प्रहरीमा जाने तयारी गरिरहेको कार्यकारी अध्यक्षलाई मौखिक जानकारी गराएकी थिइन् । मुद्दा प्रहरीसम्म पुग्ने देखिएपछि परिषद अधिकृत झालाई निलम्बन गर्न वाध्य भएको परिषद्ले जनाएको छ ।

Womui
Womui