नेपालगन्जमा अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाईयो

150

नेपालगन्ज, मंसिर ५-
सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ नेपालगन्जमा ३० औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइएको छ । बाल अधिकार दिवसको अवसरमा नेपालगन्जमा बृहत ¥याली प्रदर्शन गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका स्तरीय अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मुल आयोजक समितिको आयोजनामा नेपालगन्ज उपमहानगरपालिकाबाट सुरु भएको र्याली विपीचोक, धम्बोझी, सहिद सेतु विक चोक हुँदै बागेश्वरी मन्दिरमा पुगेर समापन भएको हो ।

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मुल आयोजक समितिका संयोजक तथा उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख डा. धवलशम्शेर राणा, महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाह, नगर स्तरीय बाल सञ्जालका अध्यक्ष अंकित मिश्रा लगायतले बाल अधिकार दिवसका अवसरमा शुभकामना ब्यक्त गरे । यसैबीच नेपालगन्ज उपमहानगरपालिकाले दिवसका अवसरमा बिद्यालय स्तरीय जनचेतनामुलक कार्यक्रम सुरु गरेको छ । उपप्रमुख थापाले नेपालगन्जको सरस्वती माध्यामिक बिद्यालयबाट बाल अधिकार सम्बन्धी बिद्यालय स्तरीय जनचेतना मुलक अभियानको सुभारम्भ गरेकी हुन् ।

Womui
Womui