जिल्ला अदालतको आदेशविरुद्ध महरा उच्च अदालतमा

97

छिनछिन खबर
काठमाडौं–जिल्ला अदालत काठमाडौको आदेशमा चित्त नबुझाएपछि पूर्वसभामुख कृष्णबहादुर महरा उच्च अदालत पाटन पुगेका छन् । बलात्कार अभियोगमा काठमाडौ जिल्ला अदालतले महरालाई पूर्पक्षका लागि थुनामा पठाएको थियो ।

थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध उनी उच्च अदालत पुगेका हुन् । संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको भन्दै उनीविरुद्ध मुद्दा परेको थियो । जिल्ला अदालतले महरालाई पूर्पक्षका लागि डिल्लीबजार कारागारा पठाएको थियो ।

Womui
Womui