एनसेललाई १८ अर्ब लाभकर छुट दिन सर्वाेच्च अदालतको आदेश

103

छिनछिन खबर
काठमाडौं–सर्वाेच्च अदालतले एनसेललाई १८ अर्ब लाभकर छुटको फैसला गरेको छ ।

एनसेल करछली प्रकरणको पूर्णपाठ सार्वजनिक गर्दै सर्वाेच्च अदालतले २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ रुपैयाँ लाभकर तिर्न आदेश दिएको छ । सर्वाेच्च अदातललको पूर्णपाठमा ठूलाकरदाता कार्यालयले २०७६ वैशाख ३ गते निर्धारण गरेको संशोधित करको रकम ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५ सय ६६ मध्ये एनसेल प्रालिले बाँकी २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ रुपैयाँ र सोको बुझाउँदाको दिनसम्मको ऐन अनुसारको ब्याज समयभित्र तिर्नुपर्ने उल्लेख छ ।

पूर्णपाठमा न्यायाधीश सुष्मालता माथेमाले भने फरक राय राखेकी छिन् । न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही र मनोजकुमार शर्माले लाभकरको जरिवाना मिनाहा गर्ने राय दिएका छन् ।

Womui
Womui