नरैनापुरमा सरकारी कार्यालय प्रमुखको नियमित बैठक

208

नरैनापुर (बाँके), मंसिर ५-
बाँकेका सरकारी कार्यालय प्रमुखहरुको नियमित बैठक बिहीबार नरैनापुर गाउँपालिकामा बसेको छ । हरेक महिनानियमित रुपमा बस्दै आएको बैठक गतबर्षदेखि गाउँपालिका स्तरमा पनि बस्न थालेको हो । प्रमुखजिल्लाअधिकारी कुमारबहादुर खड्काको अध्यक्षता तथा बाँके क्षेत्र नम्बर १ ‘क’ कीप्रदेश सभा सांसद् कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यता एवम् नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको विशिष्ट आतिथ्यतामा बसेको बैठकमा विकासमा पछाडि परेको नरैनापुर गाउँपालिकामाविशेष प्राथमिकताका साथकाम गर्नुपर्नेमा जोड दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।

बैठकमा स्थानीय समस्यालाई समयमै समाधानगर्दै विकास निर्माणका कामलाई जनताले महसुस गर्ने गरी द्रुतगतिमा अघि बढाउनुका साथै प्रभावकारी जनसेवामा ध्यानदिनुपर्ने आवश्यकता औंल्याइएको थियो । गाउँपालिकामा रहेका विभिन्न विषयगत कार्यालयहरुलाई पनि प्रभावकारी सेवा प्रवाहका लागि प्रतिबद्ध रहनु पर्नेमा जोड दिइएको थियो । प्रमुख अतिथी नमुनाले बर्षौंसम्म विकासमा पछि परेको बघौडा क्षेत्रको विकासकालागिआफू प्रतिबद्ध भएर लागेको बताउँदै जनतालाई प्रभावकारी सेवा सुविधा प्रवाह गर्नेदेखि विकासका काममा कार्यालय प्रमुखहरुले समन्वय र सहकार्य गर्नुपर्ने आवश्यकता औल्याईन् ।

गाउँपालिकाका अध्यक्ष शाहले विस्तारै विकासमा गतिलिँदै गरेको नरैनापुर गाउँपालिकामा सरकारी कार्यालयहरुले विशेष ध्यानदिनुपर्ने बताए । बैठकपछि प्रमुख जिल्ला अधिकारी खड्काको नेतृत्वमा रहेको सरकारी टोलीले नेपाल भारत सीमा क्षेत्रको निरिक्षण समेत गरेको थियो । अर्को महिनाको बैठक राप्तीसोनारी गाउँपालिकामा बस्नेछ ।

Womui
Womui