मन्त्रीहरूका पछाडि मान्छे लगाएको छु, तलमाथि गरे कारबाही हुन्छः प्रधानमन्त्री

120

छिनछिन खबर
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरूलाई पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन् । नवनियुक्त मन्त्रीहरूसँगको पहिलो बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । उनले भने, ‘तपाईंको पछाडि पनि मान्छे लगाएको छु, तलमाथि भए कारबाही हुन्छ ।’

सचिव र सचिवलाई कर्मचारीसँग समन्वय गरेर काम गर्न समेत ओलीले निर्देशन दिए । सचिव र कर्मचारीले नै काममा ध्यान नदिए आफूले मात्र चटपटाएर केही नहुने ओलीको भनाइ थियो । उनले भने, ‘म मात्रै चटपटाएर केही हुँदैन, मन्त्रीहरू र सचिवहरू पनि चटपटाउनुपर्‍यो ।’ ओलीले अब मुलुकमा उद्योग तथा उत्पादनमूलक क्षेत्रको विकास हुनपर्ने भन्दै सम्बद्ध विभागहरूलाई पनि समन्वय गराउन निर्देशन दिए ।

चार महिनाभित्र काठमाडौं उपत्यकाका खाल्डाखुल्डी पुर्न निर्देशन दिँदै उनले भने, ‘काठमाडौंको खाल्डोको गीत कति सुन्ने, जहिल्यै सारङ्गी बज्छ, अब यो किन समाप्त नपार्ने ?’

Womui
Womui