दमरोगीको संख्या ३४ लाख, यस्तो छ कारण

124

छिनछिन खबर
काठमाडौं–देशभर ३४ लाख दमरोगी रहेको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा यस्तो तथ्य फेला परेको हो । सबै क्षेत्रका जनसंख्या समेटेर सातै प्रदेशका ७२ जिल्लाका १३ हजार दुई सय व्यक्ति छनोट गरेर अध्ययन गरिएको थियो । तीमध्ये ११ दशमलव ७ प्रतिशतमा दम देखिएको थियो ।


वीर अस्पतालका छाती रोग प्रमुख डा. आशेष ढुंगानाले देशभर ३४ लाख दमरोगी भएको बताए । नसर्ने रोगमध्ये दम नेपालमा सबैभन्दा बढी जोखिमपूर्ण रहेको तथ्यांकले देखाउँछ । नेपालमा प्रत्येक १० व्यक्तिमा एकजनालाई दम छ । आवश्यक जनशक्ति र सम्बन्धित रोगको उपचार गर्ने अस्पताल अभावले दमरोगी बढिरहेको डा. ढुंगानाले बताए । अध्ययनले दमको मुख्य कारण धूम्रपान रहेको देखाएको छ ।

बाह्य र घरभित्र हुने वायु प्रदूषण पनि दमको कारण भएको देखाएको छ । त्यस्तै, पेसागत र वंशाणुगत कारणले पनि दमको समस्या देखिएको अध्ययनको निष्कर्ष छ । करिब तीन प्रतिशत दमका रोगी मात्रै सही उपचारमा संलग्न भएको अध्ययनले जनाएको छ । सबैभन्दा बढी दम रोगी कर्णाली प्रदेशमा देखिएका छन् ।

Womui
Womui