उच्च अदालतको न्यायाधीशमा १२ जना सिफारिस

128

छिनछिन खबर
काठमाडौं–न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशका लागि १२ जनाको नाम सिफारिस गरेको छ । बैठकले जिल्ला न्यायाधीशमध्येबाट ६, अधिवक्तामध्येबाट ५ र न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी १ जना उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।


उच्च अदालतको न्यायाधीश सिफारिस हुनेमा जिल्ला न्यायाधीशमध्येबाट किरणकुमार पोखरेल, मुरारिबाबु श्रेष्ठ, सुदर्शनराज पाण्डे, दीपेन्द्र अधिकारी, रमेशराज पोखरेल, नरिश्वर भण्डारी छन् । त्यस्तै, अधिवक्तामध्येबाट भोजपुरका मिलनकुमार राई, चितवनका राजुराम सिलवाल, डोटीकी मेरिना श्रेष्ठ, मोरङकी मीना गौतम सेढाईं र चितवनका सोमकान्त मैनाली उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीका अधिकृतका तर्फबाट महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिना उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । मंसिर १५ गते सेवा निवृत्त हुने उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश दयानाथ खरेलको ठाउँमा भोजपुरका अधिवक्ता देशबहादुर सार्की, मंसिर १६ गते सेवा निवृत्त हुने उच्च अदालत पाटनका न्यायाधीश नरेन्द्रकुमार शिवाकोटीको ठाउँमा सुनसरीकी अधिवक्ता रेखा थापा पाण्डे र मंसिर २१ गते सेवा निवृत्त हुने उच्च अदालत पोखराका न्यायाधीश जगतप्रसाद श्रेष्ठको ठाउँमा सप्तरीकी अधिवक्ता किरणकुमारी गुप्ता सिफारिस भएकी छन् ।

Womui
Womui