नेकपामा दाहाल कार्यकारी अध्यक्ष, ओली पाँच वर्ष प्रधानमन्त्री

156

छिनछिन खबर
काठमाडौं–सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच स्पष्ट रुपमा कार्य विभाजन भएको छ । सचिवालय बैठकले ओली पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने र पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी दाहाललाई दिने निर्णय गरेको हो ।

अध्यक्ष दाहालले सरकार वा पार्टीमध्ये एकको जिम्मेवारी आफुलाई दिन दवाव दिँदै आएका थिए । गत साउनमा नेकपाका केही नेताको सक्रियतामा दाहाललाई पार्टीको कार्यकारी भूमिका दिन ओली सहमत भएका छन् । सहमति गर्नुभन्दा अघि दुई अध्यक्षबीच राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।

Womui
Womui