नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्र शाह, यसरी नाचे (तस्बिरसहित)

153

छिनछिन खबर
काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँको ठमेलमा रहेको नाइट क्लबमा नाचेर रमाइलो गरेका छन् ।


उनले ठमेलमा रहेको एलओडी (लर्ड अफ ड्रिङ्क्स) लाउन्जमा पूर्वयुवराज्ञी हिमानीसहित साथीहरुसँग रमाइलो गरेका हुन् । पूर्वराजा शाह, हिमानी र प्रेरणासहितको टोली राति साढे ११ बजेतिर लाउन्जमा पुगेको थियो ।

उनीहरु झण्डै राति एक बजे फर्किएको लाउन्जका सञ्चालकले जानकारी दिए । पूर्वराजा शाह रातो र चन्द्र सूर्य बोलको गीतमा नाचेका थिए । सोही बेला नायिकाहरू केकी अधिकारी र रिमा विश्वकर्माले हिमानी तथा प्रेरणासँग तस्बिर समेत खिचाए ।

Womui
Womui