सीमा विवादको छलफल गर्न मोदीले पठाए विशेष दूत

35

छिनछिन खबर
काठमाडौं–सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष दूत पठाएका छन् । नेपालको कालापानी क्षेत्र भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा राखेपछि नेपालभर भारतबिरुद्ध प्रदर्शन भइरहेका छन् ।

यस्तो बेला मोदीले समस्याको समाधान खोज्ने नेपालका लागि पूर्व राजदूत श्याम शरणलाई विशेष दूतको रूपमा पठाएका हुन् ।श्यामशरण नेपाली राजनीतिमा विशेष दखल राख्ने भारतीय कुटनीतिज्ञ समेत हुन् । नेपालका दलहरुसँग राम्रो सम्बन्ध राख्ने भएकाले उनी मोदीको सन्देश बोकेर काठमाडौ आइपुगेको बताइएको छ ।

यतिखेर भारतीय अतिक्रमणबिरुद्ध नेपाल एकजुट भएको छ । श्यामशरणले र प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले मधेसबादी दलका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

Womui
Womui