तीन मेडिकल कलेजमाथि सम्पत्ति शुद्धिकरणको छापा

136

छिनछिन खबर
काठमाडौं– सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विद्यार्थीसँग अत्यधिक शुल्क असुल गरेको आरोप लागिरहेका तीन मेडिकल कलेजमा छापा मारेको छ ।

विभागले नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा छापा मारेको हो । विगत केही समयदेखि सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै बिद्यार्थीहरु आन्दोलन गरिरहेका छन् । बिद्यार्थीको आन्दोलनपछि प्रधानमन्त्री ओलीले बढी शुल्क लिने मेडिकल कलेजलाई कारवाही गर्ने बताएका थिए ।

Womui
Womui