नेकपाले दियो प्रधानमन्त्रीलाई मन्त्री फेरबदल गर्ने अनुमति

102

छिनछिन खबर
काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषद् पुनर्गठनको अनुमति दिएको छ । नेकपाको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् पुनर्गठन र मन्त्रीको हेरफेर गर्ने अधिकार दिएको हो ।

लामो समयदेखि मन्त्री हेरफेरको तयारी गरिरहेका प्रधानमन्त्रीले यो अनुमतिसँगै एक÷दुई दिनमै मन्त्रिपरिषद् फेरबदलको टुंगो लगाउने बताइएको छ । प्रधानमन्त्रीले कम्तीमा १० मन्त्रीलाई फेर्ने स्रोतको भनाइ छ ।

यसैगरी सोही बैठकले नेकपा प्रवास समन्वय कमिटीको इन्चार्जमा विन्दा पाण्डेलाई चयन गरेको छ । कमिटीको अध्यक्षमा युवराज चौलागाईं र सचिवमा श्रीप्रसाद साह चयन भएका छन् ।

Womui
Womui