राप्रपा संयुक्तसँगै रेखा थापा हिन्दूराष्ट्र जागरण अभियानमा

100

छिनछिन खबर
काठमाडौं– अभिनेत्री रेखा थापा हिन्दू राष्ट्र निर्माणको अभियानमा जुटेकी छिन् । जसका लागि उनी राप्रपा संयुक्तसँग सहकार्य गरेकी छन् । केही समयअघि तत्कालीन माओवादीका नेता पुष्पकमल दाहालसँग नाचेर चर्चामा आएकी रेखा अहिले राप्रपा संयुक्तका नेतासँग नजिक देखिएकी हुन् ।

हिन्दुराष्ट्र जागरण अभियानका लागि उनी राप्रपा संयुक्तका नेतासँगै जनकपुर पुगिन् । राप्रपा संयुक्तले सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू मुलुक बनाउन जनकपुरबाट धार्मिक जागरण अभियान सुरु गरेको छ ।

अभियानमा राप्रपा संयुक्तका नेताहरु पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी सहभागी छन् । केन्द्रीय नेताहरु पुगेको हिन्दू जागरण अभियानमा रेखाले अध्यक्ष पशुपति शमशेर राणाको हात नै समातेर हिडेको तस्विर सार्वजनिक गरेकी छिन् ।

Womui
Womui