प्रधानमन्त्रीको सचिवालयबाट ६ जना हटाइए, रिमाल र भट्टराई यथावत

156

छिनछिन खबर
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका सल्लाहकारसहित ६ जनालाई पदमुक्त गरेका छन् । मंसिर १ गतेदेखि लागु हुने गरी प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकार कुन्दन अर्यालसहित ६ जनाको राजीनामा स्वीकृत गरेका हुन् ।

पदमुक्त हुनेमा जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेल छन् । प्रधानमन्त्रीले प्रमुख सल्लाहकारमा विष्णु रिमाल र परराष्ट्र सल्लाहकारमा राजन भट्टराईलाई यथावत राखेका छन् ।

प्रम ओलीनिकट स्रोतका अनुसार अन्य सल्लाहकार र सचिवालयका सदस्यहरुले पनि निरन्तरता पाउनेछन् ।

Womui
Womui