निजामती कर्मचारीको उमेरहद ६० वर्ष

311

छिनछिन खबर
काठमाडौं– निजामति कर्मचारीको अवकाश उमेरहद ६० वर्ष हुने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिले निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद २ वर्ष बढाएर ६० पु‍¥याउने गरी विधेयकमा सहमति गरेको हो ।

समितिको बैठकले संघीय निजामती सेवा विधेयकमाथि भएको दफावार छलफलको क्रममा निजामती कर्मचारीको उमेर हद बढाउने सहमति गरेको हो । निजामती कर्मचारीको उमेर हद यसअघि ५८ वर्ष निर्धारण भएको थियो । उमेर हदका विषयमा सहमति भएपछि विधेयक आगामी संसदको हिँउदे अधिवेशनबाट पारित भई लालमोहर लागेमा कर्मचारीको अवकाशको उमेर हद बढ्ने निश्चित भएको हो ।

विधेयक यसै वर्ष २०७६ सालमा पारित भए पनि २०१८ सालमा जन्म भएका कर्मचारीको हकमा ६० वर्षे उमेर हद आकर्षित हुँदैन । त्यसका लागि २०२१ सालपछि जन्म भएका सबै कर्मचारीको हकमा मात्र अनिवार्य अवकाशको उमेर हद ६० वर्ष राख्नेमा सहमति भएको हो ।

Womui
Womui