अर्बपति रूप ज्योती थप पाँच दिन थुनामा बस्नु पर्ने

202

छिनछिन खबर
काठमाडौं–काठमाडौं जिल्ला अदालतले ठगी आरोपमा पक्राउ परेका पूर्वअर्थ राज्यमन्त्री रूप ज्योती र उनकी छोरी सुरुचीलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ ।

अर्बपति ज्योतीलाई यसअघि ३ दिन म्याद थप गरिएको थियो । पौने ३ करोड रुपैयाँ बराबरको ठगी आरोपमा पक्राउ परेका ज्योती र उनीकी छोरी सुरुचीमाथि अनुसन्धान गर्नका लागि प्रहरीले समय मागेको थियो । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयको निर्देशन पाएलगत्तै महानगरीय प्रहरी परिसरले ज्योती र उनकी छोरीलाई राति त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

हाउजिङ कम्पनी ल्यान्डमार्क डेभलपर्स प्रालिमार्फत् धेरैजनालाई ठगी गरेको भन्दै ज्योतीविरुद्ध मुद्दा परेपछि काठमाडौं जिल्ला अदालतले गत वर्ष मंसिर २० गते उनलाई पक्राउ गर्न आदेश दिएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध चार दिनपछि मंसिर २४ गते ज्योतीले सर्वोच्च अदालत गुहारेका थिए । त्यसबेला सर्वोच्चबाट अन्तरिम आदेश पाएका ज्योतीको विपक्षमा अहिले सर्वोच्चले फैसला गरेपछि उनी पक्राउ परेका हुन् ।

Womui
Womui