विप्लव माओवादीका केन्द्रीय सदस्यसहित १६ पक्राउ

27

छिनछिन खबर
काठमाडौं–विप्लप माओवादीका केन्द्रीय सहित १६ जना बाजुरामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले केन्द्रीय सदस्य चुडामणि ओलीसहित १६ कार्यकर्तालाई पक्राउ गरेको हो ।

गस्तीमा गएको प्रहरीले बाजुराको गौमूल–३ बाट उनीहरूलाई पक्राउ गरेको हो । रोल्पाको गंगादेब–३ का केन्द्रीय सदस्य ओली, बाजुराको त्रिवेणी–२ का जिल्ला सदस्य डम्मरबहादुर सुनार, बाजुराकै हिमाली–१ का अम्मलाल थापा, धरमसिंह बोहरा र धर्मबहादुर थापा पक्राउ परेका हुन् । बाजुराकै स्वामिकार्तिक–१ की कुस्मा विक, अस्मिता विक, सुस्मिता विक पनि पक्राउ परेका छन् ।

बाजुरा जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार अछामको ढकारी–२ का नरेश शाही, राजेशकुमार शाही, कमला विक, डबलबहादुर नेपाली तथा अछामकै विनायक पञ्चदेवल–८ का उदय कसेरा पनि पक्राउ परेका छन् । पक्राउ परेका अन्यमा अछामको तुर्माखाद–८ का कृष्ण विक, कैलालीको घोडाघोडी–१ का धर्मराज सुनार र बझाङ–१ की शृष्टी सिंह रहेका छन् । प्रहरीले उनीहरूको साथबाट दुई किलो गन बारुद, २.५ लिटरको प्रेशरकुकर बम, ८ थान ईलेक्ट्रोनिक कमर्सियल डेटोनेटर, ३५ मिटर बिजुलीको तार र एक थान पलास बरामद गरेको जनाएको छ ।

Womui
Womui