चीनमा १८ वर्ष मुनिका बालबालिकालाई राति गेम खेल्न प्रतिबन्ध

41

एजेन्सी
बेइजिङ, कात्तिक २१ ।चीनमा १८ वर्ष मुनिका बालबालिकाले अब रातिको समयमा गेम खेल्न नपाउने भएका छन् ।गेमिङमा कडाई गर्दै राति १० बजेदेखि बिहान ८ बजेसम्म खेल्न प्रतिबन्ध लगाइएको हो । साथै गेमरले दैनिक डेढ घण्टा मात्रै खेल्न पाउनेछन् भने साप्ताहिक बिदा तथा सार्वजनिक बिदामा ३ घण्टा सम्म खेल्न सक्छन् । चीनका बालबालिकामा बढ्दो लतले स्वास्थ्यमा पर्ने असर नियन्त्रण गर्न यस्तो गरिएको एक अधिकारीले बिबिसीलाई बताएका छन् । चीन गेमिङ गर्नेमा प्रमुख मुलुक हो ।

बालबालिकाहरुले गेम खेल्न थुप्रो पैसा खर्च गर्ने गरेका छन् । त्यसलाई पनि नियन्त्रण गर्न मंगलबार चीन सरकारले मार्ग निर्दे्शिका समेत निकालेको छ । ८ वर्ष देखि १६ वर्षसम्मका गेमरले महिनामा २०० युयान सम्म मात्रै खर्च गर्न पाउनेछन् । १६ वर्ष देखि १८ वर्ष सम्मकाले भने ४०० युयान खर्च गर्न सक्नेछन् ।

Womui
Womui