७ वटा बैंकको एटिएम ह्याक गरेका चिनियाँ र फ्रेन्च नागरिकलाई थुनामा नेपाली नागरिकलार्ई धरौटीमा रिहा गर्न अदालतको आदेश

31

छिनछिन खबर
काठमाडौं, कार्तिक २१ । उच्च अदालत पाटनले नेपालको ७ वटा बैंकको एटिएम ह्याक गरेका चिनियाँ र फ्रेच नागरिकलाई थुनामा राख्न आदेश गरेको छ । उच्च अदालतको वाणिज्य इजलासले बिहीबार ६ जना विदेशी नागरिकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो । त्यस्तै नेपाली नागरिकहरु रोशनप्रसाद प्रधान, रेवती दुवाडी र देवनाथ लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ ।उच्च अदालतले रोशन प्रधान र रेवती दुवाडीसँग २६ लाख तथा अर्का प्रतिवादी देवनाथ लामिछानेसँग ३० लाख धरौटी माग गर्ने आदेश गरेको छ । उच्च अदालतका न्यायाधीश रामप्रसाद ओली र किरण पौडेलको इजलासले विदेशी नागरिकलाई थुनामा र नेपालीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।

गत भदौ १४ मा काठमाडौंस्थित ७ वटा बैंकका एटिएम बुथबाट चिनियाँ र फ्रेन्च ह्याकरले १ करोड ८९ लाख भन्दा बढी रकम झिकेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले रकम झिक्नेमा संलग्न चिनियाँ नागरिकहरु लिन जैनमेङ, लिओ जाइलेई, सु लायङगाङ, क्यु युनक्विङ, चेन बिनबिनलाई होटल र दरबारमार्ग्िस्थत एटिएम बुथबाट पक्राउ गरेको थियो ।एटिएमबाट अवैध रुपमा पैसा निकालेपछि नियमविपरीत मनि एक्सचेन्जमा साटिएपछि मनि एक्सचेञ्जका सञ्चालक देवनाथ लामिछाने, रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडी पनि पक्राउ परेका थिए ।

फरार रहेका तीनमध्ये फ्रेन्च नागरिक छु लुई पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनबाट पक्राउ परिसकेका छन् । फरार २ चिनियाँलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन ’इन्टरपोल’लाई पत्राचार गरिसकेको छ ।

Womui
Womui