अमेरिकन पेस्तोलसहित चोभारबाट तीन जना पक्राउ

86

छिनछिन खबर
काठमाडौं, कार्तिक २१ । प्रहरीले कीर्तिपुरको चोभारबाट अमेरिकन पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं–१४ का मनोज बस्नेत, देवेन्द्र भण्डारी र कीर्तिपुरका सुमन खड्कालाई अमेरिकन पेस्तोल र पाँच राउन्ड गोलीसहित पक्राउ गरेको जनाएको छ ।

महानगरीय प्रहरी टोलीले बा १७ च ८३६४ नम्बरको महिन्द्रा कम्पनीको गाडीबाट पेस्तोल र गोलीसहित पक्राउ गरिएको एक प्रहरी जवानले बताए । पेस्तोल देखाएर लुटपाट मच्चाएको आशंकामा प्रहरी टोलीले तिनै जनालाई पक्राउ गरेको हो । पक्राउ परेकामाथि अनुसन्धान थालिएको महाशाखाले जनाएको छ ।

Womui
Womui