नेकपा अध्यक्ष दाहाल भन्छन्–नेपालगन्जमा क्षेत्रीय विमानस्थल बनाउन पहल गर्छु

110

छिनछिन खबर
नेपालगन्ज– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगन्ज विमानस्थलालाई क्षेत्रीय बनाउन आफूले पहल गर्ने बताएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालगन्जबाट डिल्ली हवाई उडान गराउन पनि लागि पर्ने बताए ।

सोही कार्यक्रममा बोल्दै उनले आफु पुनः प्रधानमन्त्री बन्ने समेत दावी गरे । ‘यही मितिमा प्रधानमन्त्री बन्छु भन्ने छैन तर ढिलोचाँडो म प्रधानमन्त्री बन्छु’ उनले भने ।

उनले नेपालगन्जमा पनि पोखरा र लुम्बिनीमा जस्तै विमानस्थल बनाउने आफ्नो योजना रहेको सुनाए । हिल्सा–सुर्खेत रोड ठूलो बनाउन चीनसँग समेत कुरा भएको भन्दै उत्तर दक्षिण सडकमार्ग जोड्न सके नेपालगन्जको विकासमा ठूलो परिवर्तन आउने बताए ।

Womui
Womui