प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन बिहीबार हुने

168

काठमाडौं, कार्तिक २० । आगामी मंसीर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन बिहीबार हुने निर्वाचन आयोगले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।कात्तिक २१ गते बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्रतिनिधिसभा र प्रदेश सभासदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन हुनेसहितको कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन आयोगका कर्मचारीले बताए ।ती उम्मेदवारहरुको अन्तिम नामावली भने कातिक २४ गते प्रकाशन हुनेछ ।

 

सो उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३ तथा स्थानीय तह प्रमुख–१ लगायत ३७ जिल्लाका ५२ स्थानहरुमा मतदान हुने आयोगका कर्मचारीले बताए । उम्मेदवारी मनोनयन आगामी कार्तिक २७ गते हुनेजानकारी दिए ।निर्वाचन आयोगले उपनिर्वाचनका लागि २४७ वटा मतदान स्थल र ५३७ वटा मतदान केन्द्र पनि तोकेको छ । ४ लाख ५४ हजार ११४ जना मतदाताले सो उपनिर्वाचनमा भाग लिनेछन् । निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि आगामी मंसीर ५ गतेदेखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गर्नेछ ।

Womui
Womui