कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा

32

छिनछिन खबर
काठमाडौं–जिल्ला अदालत काठमाडौंले आफ्नै सचिवालयकी कर्मचारीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेका संघीय संसद्का पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउने आदेश गरेको छ ।


थुनछेक बहस सकिएपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । अब मुद्दाको अन्तिम किनारा नलाग्दासम्म महराले जेलमा नै बस्नुपर्ने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शन पाण्डेको इजलासले यस्तो आदेश सुनाएको हो ।

महरा पक्षका कानुन व्यवसायीहरुले  बलात्कारको प्रयास नगरेकाले साधारण तारेखमा छुट्नुपर्ने माग गरेका थिए । सरकारी वकिलहरूले भने आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार प्रयास गरेको तत्कालीन अवस्थाका प्राप्त प्रमाणहरूले पुष्टि गरेको दाबी गरेका थिए । महराविरुद्ध बलात्कार प्रयासमा ५ वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे २ वर्ष गरी साढै ७ वर्षसम्मको कैद सजाय माग गर्दै मुद्दा दायर भएको थियो ।

प्रहरी अनुसधान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले महरामाथि जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो । संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि उनलाई असोज १९ मा पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो ।

Womui
Womui