एक वर्षमा तीन प्रतिशतले बढ्यो बीमाको पहुँच

121

छिनछिन खबर
काठमाडौं–एक बर्षको अवधिमा बीमाको पहुँच करिब ३ प्रतिशतले बढेको छ । बीमा समितिको तथ्यांक अनुसार २०७६ असोज मसान्तसम्म बीमाको पहुँच २० प्रतिशत जनतामा पुगेको छ ।

गत आर्थिक बर्षको यस अवधिमा बीमाको पहुँच १७ प्रतिशत मात्रै थियो । २० प्रतिशत बीमाको पहुँच कुल बीमालेखमा ५ प्रतिशत कटाए पश्चातको भएको बीमा समितिले जनाएको छ । बैदेशिक रोजगारीमो जानेको बिमा समेत जोड्दा २४ प्रतिशत नेपाली नागरिक बीमाको पहुँचमा पुगेका छन्। । यो तथ्याङ गत आर्थिक वर्षमा २२ प्रतिशत थियो ।

गत आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा जिवन बीमा तर्फ बीमाशुल्क संकलन ४१.०१ प्रतिशतले वृद्धि हुँदा निर्जिवन बीमा तर्फ १३.७९ प्रतिशले बढेको छ। गत आर्थिक वर्षको प्रथम त्रैमासमा १५ अर्ब २४ करोड ५३ लाख बीमाशुल्क आर्जन गरेको जिवन बीमा कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २१ अर्ब ४९ करोड ७० लाख बीमा शुल्क आर्जन गरेका छन् ।

यस्तै निर्जिवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको प्रथम त्रैमासमा ६ अर्ब १३ करोड ५२ लाख बीमा शुल्क आर्जन गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ९८ करोड १५ लाख रुपैयाँ संकलन गरेका छन् ।

यस अवधिमा जिवन बीमा तर्फ विमालेखको संख्या बैदेशिक रोजगार समेत गरेर ११.३१ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमालेख १८.४० प्रतिशतले वृद्धि हुँदा वैदेशिक रोजगार बीमालेख भने १२.४९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरुले ६९ लाख २ सय २८ जिवन बीमालेख विक्रि गरेकोमा चालु आवको सोही अवधिमा ७६ लाख ८० हजार ५ सय ९६ बीमालेख बिक्री गरेका छन् ।

Womui
Womui