नेकपाले टुंगो लगायो सात नयाँ प्रदेश प्रमुख, यी हुन् छनोट भएका प्रदेश प्रमुख

169

छिनछिन खबर
काठमाडौं–सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले नयाँ प्रदेश प्रमुखहरू छानेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नयाँ प्रदेश प्रमुख बनाउन सात जनाको नाम छानेको हो ।

नेकपा महासचिव बिष्णु पौडेलका अनुसार चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलक परियार, डडेल्धुराका गोविन्द कलौनी, झापाका बिष्णु प्रसाईं, काठमाडौंकी शर्मिला त्रिपाठी र सिरहाका धर्मनाथ यादवलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको छ । कसलाई कुन प्रदेशमा खटाउने भन्नेबारे निर्णय भइसकेको छैन ।

मन्त्रिपरिषद् बैठकले उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गनुपर्ने कानुनी व्यवस्था छ । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुखलाई सरकारले आइतबार हटाउने निर्णय गरेको थियो ।

Womui
Womui