डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानविन गर्न समिति गठन

26

छिनछिन खबर
काठमाडौं–नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठका विषयमा उत्पन्न विवादमाथि छानविन गर्न नेपाल राष्ट्र बैंकले समिति गठन गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले समितिका सदस्य डा.श्रीराम पौडेलको संयोजकत्वमा छानविन समिति बनाएको हो ।

समितिका सदस्यहरुमा रामजी रेग्मी र सुबोधकुमार कर्ण रहेका छन् ।
छानविन समिति गठन भएपछि अब श्रेष्ठ निलम्बनमा पर्नेछन् । उनीमाथि सरकारले वित्तीय अराजकतालाई बल पुग्ने काममा संलग्नता रहेको आरोप लगाएको छ । श्रेष्ठले बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा ढाकछोप गर्न भूमिका खेलेको, निकट रहेका कतिपय बैंकरलाई सम्पत्ति शुद्धीकरणमा कारबाही गर्नु पर्नेमा उनीहरूलाई जोगाउन फाइल लुकाउने गरेको आरोप समेत लागेको छ ।

Womui
Womui