हाइप्रोफाइल जुडाडेलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

42

छिनछिन खबर
काठमाडौं–दुई करोड ६७ लाखभन्दा बढी रकमसहित कुकुर तिहारको दिन जुवा खालबाट पक्राउ परेका हाइप्रोफाइल जुवाडेमध्ये १२ जनालाई २४ घण्टा भित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।


सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले महाराजगञ्जस्थित साम्वला होटल नजिकै रहेको विक्रम गौतमको घरबाट रकमसहित पक्राउ परेका जुवाडेमध्ये १२ जनालाई उपस्थित गराउन आदेश दिएको हो । पक्राउ परेकामध्ये बलराम सापकोटा इन्द्र बहादुर श्रेष्ठ, शम्भु बहादुर वुढाथोकी, होम प्रसाद चौलागाईसहितले दायर गरेको रिटमा सर्वोच्चले उक्त आदेश गरेको हो ।

प्रहरीले जुवाको खालबाट पक्राउ परेकालाई अदालतमा उपस्थित गराएको थिएन । पक्राउ पर्नेमा सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, रामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा छन् ।

Womui
Womui