विकास प्यारो, विद्युत् पुग्दा बाँकेको बघौडामा खुशीयाली

142

छिनछिन खबर
नेपालगन्ज–बाँकेको दुर्गम क्षेत्रको रुपमा चिनिते राप्तीपारी बघौडा क्षेत्रमा पहिलो पटक बत्ति बलेपछि स्थानीय हर्षित भएका छन् । योसँगै आफूहरूको वर्षौदेखीको वत्ति बाल्ने सपना पुरा भएको उनीहरूले बताएका छन् । विद्युत पाउन एक दशकदेखि त्यस क्षेत्रमा काम भइरहेको थियो ।

राष्ट्रिय प्रशारण लाइन अन्तर्गत राप्तीसोनारी–४ धामपुरमा निर्माण गरीएको सवस्टेशनमा पहिलो पटक बत्ती बलेपछि स्थानीय खुसी भएका हुन् । विद्युत प्राधिकरण क्षेत्रिय कार्यालयका प्रमुख मुनेन्द्र ठाकुरले जनताले विद्युत प्राधिकरणमार्फत बत्ती बाल्न चाहेमा २ महिनाभित्र सबैको घरमा बत्ति पु‍¥याउन सकिने जानकारी दिए । तर, त्यसका लागी सामुदायिक उपभोक्ता समितिले लिखित रुपमा आग्रह गर्नुपर्ने उनले बताए ।

स्थानीयले उनको भनाइमा सहमति जनाएका छन् । अहिले उपोभोक्ता समीतिबाट काम भइरहेको छ । समितिबाट काममा ढिलाइ भइरहेकाले समिति खारेज गरी विद्युत प्राधिकरण आफैले काम थाल्नु पर्ने स्थानीयको माग छ । राप्तीसोनारी गाँउपालिकाका अध्यक्ष लाहुराम थारुले विद्युत ल्याउनका लागि जुनसुकै काम गर्न तयार रहेको बताउँदै सामुदायिक उपभोक्ता समितिलाई आफूले खारेज गर्न नसक्ने बताए ।

Womui
Womui