कश्मीरमा गोली चल्यो, पाँच जनाको हत्या

183

एजेन्सी
काठमाडौं–भारत प्रशासित कश्मीरको कुलगाम जिल्लास्थित कातरसु गाउँमा गोली चलेको छ । घटनामा पाँच जनाको हत्या भएको छ । मारिनेहरु सबै पश्चिम बंगालको मुर्शिवादका बासिन्दा हुन् । उनीहरु मजदुर पनि हुन् ।

यो हत्यामा आतंकवादी समूहको संलग्नता रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । आतंकवादी समूहले पुलवाको एक विद्यालय बाहिर गस्ती गरिरहेका सुरक्षाकर्मीमाथि पनि गोली चलाएको छ । यद्यपि कोही पनि घाइते भएका छैनन् ।

आक्रमणकारीको खोजीका लागि सम्भावित क्षेत्रलाई घेराबन्दी गरेर अपरेसन सुरु गरिएको छ । युरोपीय संसदको एक प्रतिनिधिमण्डल जम्मु(कश्मीरको अवस्था बुझ्न भ्रमणमा आएको बेला आतंकवादी गतिविधि बढेको छ । बिबिसी

Womui
Womui