स्कुलको बरन्डा भत्किदा फुटबल खेल हेर्न लागेका ३६ विद्यार्थी घाइते

238

छिनछिन खबर
काठमाडौं, तारकेश्वर–३ मा स्थित तारकेश्वर विद्याकुञ्ज सेकेन्डरी स्कुलको पहिलो तल्लाको बरन्डा भत्किँदा ३६ विद्यार्थी घाइते भएका छन् । उनीहरूको उपचार ग्रिनसिटी अस्पताल बसुन्धरामा भइरहेको प्रहरीले जनाएको छ ।महानगरीय प्रहरी प्रभाग तिलिंंगाटारका प्रमुख प्रहरी नायब निरीक्षक चन्द्र अधिकारीले एक तला माथि बसेर विद्यालयको फुटबल प्रतियोगिता हेरिरहेको अवस्थामा दुर्घटना भएको जानकारी दिए ।

दुर्घटनामा नौ वर्षीय सुमिका लामा र १० वर्षीय सन्जु थिङ गम्भीर घाइते भएका छन् । लामाको टाउकोमा र थिङको च्युँडोमा चोटपटक लागेको अधिकारीलेबताए ।विद्यालयका प्राचार्य दीपक धितालले बरन्डामा बसेर खेलकूद प्रतियोगिता हेरिरहेको अवस्थामा भत्किएर दुर्घटना भएको जानकारी दिए । घाइते हुनेमा कक्षा ३ देखि ६ कक्षामा पढ्ने विद्यार्थी रहेको प्राचार्य धितालले बताए ।

Womui
Womui