२०० किलो सुन आयात गर्दै चार बैंक, कसको भागमा कति ?

242

छिनछिन खबर
काठमाडौं–
सुनको मुल्य केही घटेर माग बिस्तारै बढ्न थालेपछि ४ वाणिज्य बैंकले २ सय किलो काँचो सुन आयात गर्ने भएका छन् । सानिमा, मेघा, सिभिल र सनराइज बैंकले ५०÷५० किलो सुन आयात गर्ने बैंकर्स संघले जनाएको छ ।


हाल बजारमा दैनिक करिब १८ किलो सुनको खपत भइरहेको छ । गत वर्षहरुमा सामान्य अवस्थामा नै दैनिक २० देखि २५ किलोसम्म खपत हुन्थ्यो तर यो वर्ष सिजनमा नै १० किलो खपत हुन गाह्रो भएको सुन व्यवसायी बताउँछन् । तिहारमा सुनको भन्दा चाँदीका गहनाहरुको माग बढी हुन्छ ।

मानिसहरु तिहारमा चाँदीका भाँडा तथा गहनाहरु बनाउने गर्छन् । अन्य समयमा दैनिक ७ सय किलो चाँदी खपत भइरहेको थियो भने तिहारको समयमा १८ सय किलोसम्म चाँदी खपत हुने अनुमान महासंघले गरेको छ । सुनको मूल्य बढेर गहना फिर्ता आएर व्यवसायीहरुले बैंकबाट काँचो सुन खरिद गर्न नसकेका हुन । सुनको माग र कारोबार यही रेसियोमा रहेका नेपालको सुनको बजार खुम्चिँदै जाने व्यवसायीहरुको भनाइ छ ।

अहिले छापावाला सुनको मूल्य प्रतितोला ७० हजार २ सय रुपैयाँ र चाँदी ८ सय ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । नेपाली सुनचाँदी बजारमा सबैभन्दा बढी सुनको कारोबार हुने सिजन तीज, दशैं र बिवाहको लगन हुने महिनामा हो । तर यो वर्षको तीज र दशैंको समयमा भने सुनचाँदी पसल सुनसान जस्तै भए ।

गत साउन १ गते ६४ हजार ५ सय रुपैयाँ प्रतितोलामा खरिद बिक्री भएको छापावाला सुनको मूल्य बढेर गत भदौ ९ गते इतिहास नै कायम गरी ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । सुनको मूल्य उच्च वृद्धि भएपछि गत साउनदेखि नै व्यवसायीहरुले बैंकबाट काँचो किन्न कम गरेका थिए । नेपाली नारीहरुले तीजमा नयाँ गहना बनाउने हुँदा अल्घिला वर्षहरुमा सबैभन्दा धेरै तीजको समयमा सुनको माग हुन्थ्यो ।

यो वर्ष भने साउनको अन्तिम सातादेखि नै प्रतितोला ७० हजार रुपैयाँ पुगिसकेकाले बजारमा सुनको माग क्रमशः घट्दै गएर तीज र दशैको समयमा सुनचाँदी पसलमा काँचो सुन खरिद गरेर नयाँ गहना बनाउने भन्दा गहना बेच्ने र पुराना गहनालाई नै नयाँ डिजाइनमा बनाउने ग्राहक बढेका थिए ।
गत आर्थिक वर्षसम्म २२ वटा वाणिज्य बैंकहरुले राष्ट्र बैंकले तोकिदिएको कोटामा रहेर सुन आयात गरिरहेका थिए ।

आयात गरिएको सुन बैंकमा नै थन्किएपछि सुन आयात गर्ने बैंकहरु पछि हटेका छन् । गत आर्थिक वर्षमा ३४ अर्ब ५३ करोड ७७ लाख ४८ हजार रुपैयाँ बराबरको सुन आयात भएको छ । सोही वर्षको साउन र भदौमा मात्र ४ अर्ब ८२ करोड ७६ लाख ६६ हजार रुपैयाँको सुन आयात भएको व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको तथ्यांकले देखाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको साउन र भदौमा ३ करोड २३ लाख ५ हजार रुपैयाँ बराबरको सुन आयात भएको छ । व्यवसायीहरुले काँचो सुन लिन बैंकमा नआएर स्टकमा सुन राखेका बैंकहरुले ३ महिनासम्म आयात ठप्प गरेर गरेका हुन् । तीज र दशैंको समयमा मात्र बैंकहरुमा ६ सय ५० किलो सुन होल्डमा रहेको थियो । यो अवधीमा व्यवसायीहरुले पनि बजारमा १० केजीसम्म पनि काँचो सुन गहना बनाएर बेच्न सकेनन् । असोजको दोस्रो सातादेखि सुनको मूल्य क्रमश घट्दै गएपछि बजारमा सुनको माग केही बढेको छ ।

Womui
Womui