’द हन्ड्रेड’ क्रिकेट खेल्न सन्दीपलाई १ करोड ४७ लाख

38

छिनछिन खबर
काठमाडौं– युवा क्रिकेटर सन्दीप लामिछानेले आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा हुने तय ’द हन्ड्रेड’ खेल्ने भएका छन् । ’द हन्ड्रेड’ भनेको १०० बलको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता हो ।

सन्दीपलाई ओभल इन्भिसिबल्सले आफ्नो टिममा आबद्ध गरेको जनाएको छ । सन्दीपले राखेको १ लाख पाउन्ड (१ करोड ४७ लाख २५ हजार रुपैयाँ) मा ओभलले दोस्रो चरणमा टिममा आबद्ध गरेको हो । विदेशी फ्रेन्चाइज क्रिकेट लिगमा सन्दीप आबद्ध भएको यो अहिलेसम्मकै महँगो मूल्य हो ।

सन्दीपको टिममा सुनिल नारिन र जासन रोए १ लाख २५ हजारमा आबद्ध भएका छन् । ’द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) ले आयोजना गर्न लागेको हो । प्रतियोगिता सन् २०२० को १७ जुलाईदेखि १६ अगस्टसम्म आयोजना गर्ने प्रस्ताव गरिएको छ । ’द हन्ड्रेड’ मा बर्मिङघम फोनिक्स, लन्डन स्पिरिट, म्यानचेस्टर ओरिजिन्स, नर्दन सुपरचार्जर्स, ओभल इन्भिसिबल्स, साउदन ब्रेभ, ट्रेन्ट रकेन्स र वेल्स फायर गरी ८ टिमको सहभागिता रहनेछ ।

टी–२० क्रिकेटको लोकप्रियतासँगै इसिबीले नयाँ फर्म्याटको क्रिकेट प्रतियोगिता गर्न लागेको हो । सन् २०१८ मा इसिबीले १०० बलको क्रिकेट प्रतियोगिता गर्ने घोषणा गरेको थियो । पहिलो १५ ओभर ६–६ बलको हुने र अन्तिम ओभर १० ओभरको हुने भनिएको थियो । तर यो प्रस्ताव नियम परिवर्तन गरिएको छ । अब हुने ’द हन्ड्रेड’ मा दुवै टिमले १००–१०० बल खेल्नेछन् ।

१०–१० बलमा इन्ड चेन्ज गरिनेछ (एउटा इन्डबाट १० बल गरिनेछ) । एक बलरले ५ वा १० बल निरन्तर गर्न पाउनेछ । एक बलरले एक खेलमा बढीमा २० बल गर्न पाउनेछ । खेलमा पहिलो २५ बलको पावरप्ले हुनेछ ।

Womui
Womui