नक्कली नोट छाप्ने गिरोह सक्रिय, मेसिनसहित तीन पक्राउ

109

छिनछिन खबर
काठमाडौं– केही समययता नक्कली नोट छाप्ने गिरोह सक्रिय रहेको पाइएको छ । गिरोह सक्रिय रहेको बेला प्रहरीले काठमाडौंको बौद्धस्थित नयाँबस्तीबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जनालाई पक्राउ गरेको छ ।

उनीहरुका साथबाट ५० हजार बराबरका नक्कली नेपाली नोट पनि बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । दशैंका बेला उनीहरुले ठूलो मात्रामा नक्कली नोट बजारमा पठाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

Womui
Womui