बाँके निकुञ्जको पुर्व–पश्चिम राजमार्ग सरसफाई

187

नेपालगन्ज-बाँके राष्ट्रिय निकुञ्जको पुर्व–पश्चिम राजमार्ग क्षेत्रमा सरसफाई गरिएको छ । निकुञ्ज कार्यालय र श्री मेहर गणको अगुवाईमा पुर्वपश्चिम राजमार्गको करिव ८० किलोमिटर क्षेत्रमा सरसफाई गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक डा. रामचन्द्र कँडेलले उद्घाटन गरेको सरसफाईमा विभागका उपसचिव युवराज रेग्मी, कार्यालयका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई, श्री मेहर गणका गणपति जीवन शर्मा, मध्यपश्चिम पृतना तालिम शिक्षालयका प्रमुख सेनानी दिनेश कार्की, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका पदाधिकारी, मध्यवर्ती सामुदायिक वनका उपभोक्ता, सर्बसाधारण लगायतको सहभागिता रहेको थियो ।

सहभागीले सडकको दुबै किनारमा रहेको प्लाष्टिकजन्य फोहोर संकलन गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए । सो क्रममा साढें ७ ट्रक फोहोर संकलन भएको उनले जानकारी दिए । सरसफाईका क्रममा निकुञ्ज क्षेत्र भएर आवत–जावत गर्ने सवारी साधनका चालक र यात्रुलाई राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्लाष्टिक निषेधित गरिएको बिषयमा जनचेतना पनि जगाएको भट्टराईले जनाए । पुर्वपश्चिम राजमार्गको दुबै किनारमा लामो समयदेखी प्लाष्टिकजन्य फोहोर भरिएको थियो । फ्याँकिएको प्लाष्टिकलाई वन्यजन्तुले खाँदा स्वास्थ्यमा असर गर्ने भन्दै निकुञ्जले त्यस क्षेत्रमा फ्याँक्न प्रतिबन्ध लगाउँदै आएको छ ।

Womui
Womui