चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्षको सदभावना दुत

147

छिनछिन खबर
काठमाडौं–सरकारले चिनियाँ अभिनेत्रीलाई नेपाल भ्रमण वर्ष २०२० को सदभावना दुत नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चिनियाँ अभिनेत्री सी छिङलाई नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियूक्त गरेका हुन् ।

नेपाल भ्रमण वर्ष २०२० सचिवालयले सद्भावना दूतको रुपमा उनलाई प्रमाणपत्र हस्तान्तरण ग¥यो । ‘नेपाल–चीनबीच सुमधुर सम्बन्ध छ, बुद्ध जन्मेको देशले मनाउन लागेको नेपाल भ्रमण वर्षमा सद्भावना दूत हुन पाउँदा निक्कै खुसी छु, प्रमाणपत्र ग्रहण गरेपछि अभिनेत्री सीले भनिन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले भ्रमण वर्षलाई सघाउने प्रतिवद्धता जनाएका बेला नेपालले चिनियाँ अभिनेत्रीलाई दुत बनाएको हो ।

Womui
Womui