नेपालमा भन्दा भारतमा धेरै भोकमरी, भोकमरी सूचकांकमा नेपालको सुधार

135

छिनछिन खबर
काठमाडौं–पेटभर खान नपाउने देशहरूको सूचीमा नेपाल भारतभन्दा अगाडि देखिएको छ । नेपालले भोकमरी घटाउँदै लगेको छ । विश्वका एक सय ११७ देशमध्ये नेपाल ७३ औं स्थानमा छ भने भारत १०२ औं स्थानमा रहेको छ ।

विश्वव्यापी रुपमा पोषण र खाद्य अवस्थाको विश्लेषण गर्ने ग्लोबल हंगर इन्डेक्स (विश्व भोकमरी सूचकांक) २०१९ ले यो सूची सार्वजनिक गरेको हो । दक्षिण एसियाली मुलुकमध्ये श्रीलंका ६६, बङ्गलादेश ८८, पाकिस्तान ९४ र अफगानिस्तान १०८ नम्बरमा छन् । ग्लोबल हंगर इन्डेक्सको पछिल्ला ५ वर्षको तथ्यांकअनुसार भारतमा हरेक वर्ष भोकमरी बढिरहेको छ । भारत सन् २०१४ को सूचीमा ५५ औं स्थानमा थियो भने २०१५ मा ८०, २०१६ मा ९७ र २०१७ मा १०० औं नम्बरमा थियो ।

विश्वका विभिन्न देशमा खाद्यान्न तथा पोषणको स्थिति सर्वेक्षण गरेर हरेक वर्ष ग्लोबल हंगर इन्डेक्सले यस्तो सूची सार्वजनिक गर्छ । यो सर्वेक्षणले विश्वमा कुन देशमा भोकमरीको समस्या बढी छ भनेर देखाउने गर्छ । यसले खासगरी कुपोषण, शिशुहरूको पोषण अवस्था, शिशु तथा बाल मृत्युदर तथा शिशुको वृद्धि विकासलाई मापन गरेर रिपोर्ट तयार गर्छ ।

२०१९ को यो नयाँ सूचीअनुसार उरुग्वे, यूक्रेन, टर्कीजस्ता देश अगाडि देखिएका छन् । सबैभन्दा अन्तिम ११७ औं देशमा अध्य अफ्रिकी गणराज्य रहेको छ ।

Womui
Womui