हातहतियारसहित विप्लव माओवादीका २१ कार्यकर्ता पक्राउ

28

छिनछिन खबर
दाङ– नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २१ कार्यकर्ता हतियारसहित पक्राउ परेका छन् । उनीहरूलाई दाङको नेपाल–भारत सिमामा पर्ने राजपुर गाउँपालिकाको वडा नम्बर ४ मा रहेको जंगलबाट पक्राउ गरिएको दाङ प्रहरीका प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिए ।

पक्राउ परेकाहरूबाट ठूलो मात्रामा हातहतियार र विस्फोटक पदार्थ फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Womui
Womui