मिर्गौला किनबेच आरोपमा निदान अस्पतालका सिइओसहित पाँच पक्राउ

144

छिनछिन खबर
काठमाडौं–मिर्गौला किनबेचमा संलग्न भएको आरोपमा प्रहरीले ललितपुरको निदान अस्पतालका सिइओसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अस्पतालका सिइओ विपेन्द्र प्रधान, डा. राजेश पन्त, शंकरलाल लामा, कुमुदकुमार भट्टराई र रामचन्द्र आले छन् ।

उनीहरूको मिलेमतोमा एक बिरामीको शंकरलाल लामालाई मिर्गौला विक्री गरिएको प्रहरीको मानव बेचबिखन तथा ओसारपसार ब्युरोले जनाएको छ ।
ब्युरोका प्रहरी उपरीक्षक गोविन्द थपलियाका अनुसार नक्कली व्यक्ति खडा गरी मिर्गौला लामालाई प्रत्यारोपण गराइएको थियो । जिल्ला प्रशासन कार्यालय ललितपुरले मिर्गौला प्रत्यारोपणका लागि एकको अनुमति दिएकोमा आलेले अर्कै व्यक्ति खडा गराउने कागज तयार पारेको थपलियाले बताए ।

Womui
Womui