सांसद पार्वत गुरुङलाई पक्राउ पूर्जी, ज्यान मार्ने अभियोग

35

छिनछिन खबर
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद पार्वत गुरुङविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ ।  दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित गुरुङलाई ज्यान मार्ने उद्योग मुद्दामा पक्राउको ३५ दिने म्याद जारी भएको हो । काठमाडौं जिल्ला अदालतले गरेको आदेश अनुसार सांसद् गुरुङ बयान दिनका लागि जिल्ला अदालत उपस्थित हुनुपर्छ । यदि ३५ दिनभित्र अदालत उपस्थित भएर बयान नदिए गुरुङलाई पक्राउ गर्न बाटो खुल्नेछ ।


सांसद गुरुङसहित ७ जनाविरुद्ध अदालतले म्याद जारी गरेको थियो । उनीहरूमाथि निर्वाचनका समयमा एक व्यक्तिमाथि ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गरेको भन्दै मुद्दा दायर भएको थियो । गुरुङविरुद्ध दोलखाका वीरध्वज खड्काले किटानी जाहेरी दिएका थिए । जाहेरीका आधारमा नेकपाका केन्द्रीय सदस्यसमेत रहेका सांसद गुरुङिसहित ७ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर भएको थियो ।

२०७४ वैशाखमा भएको स्थानीय निर्वाचनमा खड्कामाथि आक्रमण भएको थियो । त्यसमा गुरुङ पनि संलग्नता भएको भन्दै उनीविरुद्ध खड्काले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए ।

Womui
Womui