विश्व हुलाक दिवसमा सेवाग्राही र कर्मचारी सम्मानित

209

नेपालगन्ज, असोज १६-
विश्व हुलाक दिवसको अवसरमा नेपालगन्जमा सेवाग्राही र कर्मचारी सम्मानित भएका छन् । ‘अबको हुलाक सेवाः सेवामा विविधता र प्रतिस्पर्धा’ भन्ने नाराका साथ जिल्ला हुलाक कार्यालय बाँकेको आयोजनामा कार्यक्रम गरिएको हो । जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख (हुलाक अधिकृत) गोबिन्दपसाद पाण्डेले अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रममा प्रमुख अतिथी एवम् जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, बिशेष अतिथी तथा प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, पत्रकार महासंघ प्रदेश नम्बर पाँचका सचिव सुक्रऋषी चौलागाई, निजामती कर्मचारीको आधिकारिक टे«ड यूनियन बाँकेका अध्यक्ष कृष्ण बहादुर थापा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

सो क्रममा कार्यालयका विभिन्न शाखामा सेवा लिन आउने पाँच जना सेवाग्राहीलाई सम्मान गरिएको थियो । जस अन्र्तगत हुलाक टिकट तर्फ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धमबोजीका जितबहादुर महत, बचत बैंकतर्फ डुडुवा गाउँपालिका वडा नम्बर १ का बसन्तराज शर्मा, रजिष्ट्रीतर्फ हिमालयन बैंक लिमिटेड नेपालगन्जका फुलबहादुर स्याङताङ, डाँकतर्फ आजको सामना पत्रिकाका अजयकुमार गुप्ता तथा प्रथम महिला सेवाग्राही तर्फ राप्तीसोनारी गाऊपालिका कचनापुरकी लक्ष्मी थारुलाई अबिर तथा खादा सहित सम्मानित गरियो ।

यस्तै जिल्ला, इलाका तथा अतिरिक्त हुलाक कार्यालयमा काम गर्ने कर्मचारीलाई पनि सम्मानित गरिएको प्रमुख पाण्डेले जानकारी दिए । उत्कृष्ट कर्मचारीतर्फ जिल्ला हुलाक कार्यालय डाँक फाँटका खरिदार गंगाबहादुर राना र हुलाक बचत बैंक फांटका खरिदार नन्दकुमार गडरिया तथा उत्कृष्ट हुलाकी तर्फ इलाका हुलाक कार्यालय खजुराका मनिराम शर्मा तथा कोहलपुरका नेत्रलाल डाँगी लाई सम्मान गरिएको हो । त्यसैगरी उत्कृष्टहुलाक प्रतिनिधीतर्फ अतिरिक्त हुलाक कार्यालय कचनापुरका हुलाक प्रतिनिधी शंखिलाल थारु, अतिरिक्त हुलाक कार्यालय हिमिनियाका हुलाक प्रतिनिधी जयपाल मौर्य, अतिरिक्त हुलाक कार्यालय खास कारकाँदोका हुलाक प्रतिनिधी किरण शर्मा तथा २०३२ सालबाट निरन्तर ४८ वर्ष काम गर्दैआएका जेष्ठ हुलाक प्रतिनिधी, देबी दयाल चौधरीलाई सम्मान गरियो ।

उत्कृष्ट पत्र वितरकतर्फ अतिरिक्त हुलाक कार्यालय कम्दीकापत्र वितरक बिष्णुप्रसाद कुर्मी तथा अतिरिक्त हुलाक कार्यालय नरैनापुरका पत्र वितरक जंगलीप्रसाद श्रीवास्तवलाई सम्मानित गरिएको थियो । विश्व हुलाक दिवसको कार्यक्रमको अवसरमा बाँकेका जिल्ला हुलाक तथा इलाका हुलाक कार्यालयमा लामो समय काम गरि हालै सेवा निबृत हुनु भएका हल्कारा जगदिश कुम्हार, कमान सिह साउ, धर्मराज जैसी तथा हुलाकी मन्धिरे थापा, नन्दलाल कुम्हार, चन्दीप्रसाद बर्मा, दलबहादुर खड्का, लोकबहादुर माझी तथा रुद्रसिंह रोकायालाई सेवा निवृत सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख पाण्डेले अहिले जिल्लामा धेरै कार्यालय तथा कर्मचारी संख्या भएको हुलाक कार्यालय र कर्मचारीको उचित ब्यवस्थापन कर्मचारीको उत्प्रेरणा बढाउने काममा आफुहरु लगेको बताए । नियमित तथा छरितो पत्र वितरण, हुलाक बचत बैंकको प्रचार प्रसार, सूचनाका हक कार्यान्वयनको अनुगमन, एफ.एम रेडियो तथा केवल टिभी अनुगमनको कामलाई कार्यालयले प्रथामिताका साथ अगाडी बढाएको बताए । उक्त कार्यक्रमको सञ्चालन इलाका हुलाक कार्यालय खजुराका खरिदार कृष्णप्रसाद शर्माले गरेका थिए, भने स्वागत मन्तब्य जिल्ला हुलाक कार्यालय बाँकेका खरिदार हरिप्रसाद पार्धेले राखेका थिए ।

Womui
Womui